गृहपृष्ठ विकासका लागि आन्तरिक र बाह्य दुवै स्रोत परिचालन: प्रधानमन्त्री
विकासका लागि आन्तरिक र बाह्य दुवै स्रोत परिचालन: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विकास र समृद्धि हासिल गर्न आन्तरिक र बाह्य दुवै प्रकारको स्रोत परिचालन गर्नु पर्ने बताएका छन् ।
राजधानीमा सुरु भएको नेपाल आठौं अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले सरकार राष्ट्र निर्माणको महाअभियानमा रहेको बताए । ‘सरकार राष्ट्रिय आकांक्षा पूरा गर्न बहुआयामिक विकासमा लाग्दछ,’ प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि आन्तरिक र बाह्य दुवै प्रकारका स्रोतको परिचालन गरिनेछ ।
प्रधानमन्त्री ओलीले स्वदेशी लगानीलाई प्रोत्साहित गर्दै विदेशी लगानीलाई समेत आकर्षित गरिने बताए । ‘सरकारले आयोजना गरेको लगानी सम्मेलनको हामी पूर्व सन्ध्यामा छौं । हामी स्वदेशी उद्यमी र लगानीकर्तालाई उच्च प्राथमिकतामा राख्छौं । विदेशी लगानीकर्तालाई नेपालमा स्वागत गर्न ऐन कानुन सजिलो बनाउछौं,’ प्रधानमन्त्री ओलीले भने, ‘लगानी प्रवद्र्धन गर्न सरकारको तर्फबाट कुनकुन ऐन कानुन संसोधन गर्नुपर्दछ भन्ने तपाईंहरुको सुझाव आओस् । सरकारले त्यस्ता कानुनहरुको संसोधन गर्दछ ।’ 
प्रधानमन्त्री ओलीले लगानीका लागि नेपाल सुनौलो भूमी भएको बताए । ‘विदेशी लगानीका लागि नेपाल उपयुक्त छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यहाँ प्रतिष्पर्धा कम छ । त्यसैले पनि लगानी गर्न आउनेहरुलाई यहाँ सजह छ ।’
प्रधानमन्त्री ओलीले विगतमा मुलक वर्वाद पारिएको सवाइ सुनेर मात्र देश विकास नहुने बताउनुभयो । ‘विगतका सवाइ सुनेर र वर्तमान अवस्था हेरेर मात्र देश विकास हुँदैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘देश विकासका लागि भविष्यसम्मको स्पष्ट दृष्टिकोण राखेर अघि बढ्नु पर्दछ ।’
प्रकाशित समय १६:३७ बजे

















