गृहपृष्ठ भारतको एन्टी–सेटेलाइट परीक्षणले अन्तरिक्ष फोहोर हुन्छ– अमेरिका
भारतको एन्टी–सेटेलाइट परीक्षणले अन्तरिक्ष फोहोर हुन्छ– अमेरिका
अमेरिकी कार्यवाहक रक्षा मन्त्री पेट्रिक शानाहानले एन्टी–सेटेलाइट मिसाइल परीक्षणले अन्तरिक्षमा फोहोर बढ्ने भन्दै भारतलाई चेतावनी दिएका छन् ।
भारतले गरेको जस्तो परीक्षणले अन्तरिक्षमा फोहोर हुने भन्दै उनल भारलाई सचेत गराएका हुन् । बुधवार भारतले आफनै उपग्रह नष्ट गरेको थियो । भारतले दाबी गरे अनुसार अन्तरिक्षमा फोहोरजन्य पदार्थ छ वा छैन भन्ने बारेमा अमेरिकाले अध्ययन गरिरहेको पेट्रिकको भनाइ छ । यता भारतले भने अन्तरिक्षमा परीक्षण गर्दा आफूले फोहोर नछोडेको जवाफ दिएको छ ।
अमेरिका, रूस र चीनपछि भारतले सफल परीक्षण गरेको हो । चीनले सन् २००७ मा एन्टी–सेटेलाइट मिसाइल परीक्षण गरेको थियो ।
प्रकाशित समय ०७:०९ बजे

















