गृहपृष्ठ नयाँ वर्षमा फेवा महोत्सव, झाँकी विजेतालाई ५१ हजार दिइने

नयाँ वर्षमा फेवा महोत्सव, झाँकी विजेतालाई ५१ हजार दिइने

नेपाली संस्कृति, खाना र संगीतलाई प्रथमिकता दिँदै पश्चिमाञ्चल होटल संघ पोखराले यसपटक पनि १६ औं फेवा नव बर्ष महोत्सव गर्ने भएको छ ।

गण्डकी प्रदेशले मनाउँदै गरेको आन्तरिक पर्यटन वर्ष २०१९ लाई केन्द्रमा राखी पोखराको कोमागाने पार्कमा चैत २९ देखि वैशाख १ गतेसम्म तीन दिने महोत्सव गर्न लागिएको हो । नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवर्द्धन गर्ने मुख्य उद्धेश्य सहित आयोजना हुन लागेको महोत्सवमा प्रवर्द्धनका लागि छानिएका विभिन्न २५ खाना प्रदर्शनी र बिक्री हुने महोत्सव संयोजक विकल तुलाचनले जानकारी दिए । यसबाहेक गण्डकी प्रदेशका विभिन्न चार खानालाई पनि सँगै प्रस्तुत गर्ने कार्यक्रम रहेको बताइएको छ ।

महोत्सवमा आयोजना हुने झाँकी प्रतियोगितामा प्रथम हुनेले ५१ हजार रुपैयाँ, दोश्रो हुनेले ३० हजार रुपैयाँ, तृतीय हुनेले २० हजार रुपैयाँ र शान्त्वना स्वरुप १० हजार रुपैयाँ प्राप्त गर्ने संघले जनाएको छ । आमा समूहबीचको प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रकाशित समय ०९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु