गृहपृष्ठ कर्णालीका सबै कारागारमा पुस्तकालय स्थापना हुँदै
कर्णालीका सबै कारागारमा पुस्तकालय स्थापना हुँदै
कारागारलाई किताब अभियानअन्तर्गत कर्णालीका सवै जिल्ला कारागारमा पुस्तकालय स्थापनाको तयारी भएको छ । आगामी चैत २३ गते कर्णाली प्रदेशका १० वटा जिल्ला कारागारमा एकै साथ पुस्तकालय स्थापना हुँदैछ ।
सबै जिल्ला कारागारमा पुस्तकालय स्थापनाको काम अन्तिम चरणमा पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी महेशबिक्रम शाहले बताए । डिआईजी शाहको संयोजकत्वमा गठित कारागारलाई किताब अभियान सुरु भएको थियो । कर्णाली प्रदेशअन्र्तरगतका सबै जिल्ला प्रहरी कार्यालयका प्रमुखले किताब संकलनको जिम्मा लिएका थिए । प्रदेशका सबै पुस्तकालयमा करिब ७ हजार पुस्तक संकलन गरी वितरण गरिएको छ ।
प्रकाशित समय १९:३८ बजे

















