गृहपृष्ठ ब्रेक्जिट डिल बेलायती संसदबाट तेस्रो पटक अस्वीकृत

ब्रेक्जिट डिल बेलायती संसदबाट तेस्रो पटक अस्वीकृत

बेलायतको संसद्ले युरोपेली युनियनबाट बाहिरिने प्रस्ताव तेस्रोपटक बहुमतले अस्वीकृत गरेको छ ।

प्रधानमन्त्री टेरिजा मेको प्रस्ताव बेलायती संसदले लगातार अस्वीकृत गरेको हो । संसद्मा भएको मतदानमा ईयूबाट बाहिरिने प्रस्तावका पक्षमा २ सय ८६ मत र विपक्षमा ३ सय ४४ मत परेको थियो । प्रधानमन्त्री मेको प्रस्ताव लगातार अस्वीकृत भएपछि ब्रेक्जिट अन्योलको पारो चढेको छ ।

प्रधानमन्त्री मे को प्रताव तेस्रोपटक पनि स्वीकृत नभएपछि उनीमाथि राजिनामाको दबाब बढेको छ । लेबर पार्टीका नेता जेरेमी कोर्बिनले मेले राजीनामा दिनुपर्ने र नयाँ निर्वाचन हुनुपर्ने माग गरेका छन् ।

प्रकाशित समय ०८:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु