गृहपृष्ठ आईपीएलमा सनराइजर्सको पहिलो जित, राजस्थानका स्यामसनको शतक खेर
आईपीएलमा सनराइजर्सको पहिलो जित, राजस्थानका स्यामसनको शतक खेर
इन्डियन प्रिमियर लिग(आईपीएल) मा राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दै सनराइजर्स हैदरावादले पहिलो जित निकालेको छ । १ सय ९९ रनको लक्ष्य पक्ष्याएको हैदरावादले १९ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
ओपनर डेविड वार्नर सानदार ब्याटिङ गरे । वार्नरले ३७ बलमा ९ चौका र २ छक्काको मद्दतमा ६९ रन जोडे । वार्नरले जोनीे बयरस्टोसँग पहिलो विकेटका लागि १ सय १० रनकोे शतकीय साझेदारी गरेपछि हैदरावादको जित सुनिश्चित भएको थियो । जोनीले ४५ रनको योगदान गरे ।
विजय शंकरले ३५ रन जोडे । युसुफ पठान १६ र राशिद खान १५ रनमा अविजित रहे । राजस्थानका लागि श्रेयर गोपालले ३, बेन स्टोक्स र जयदेव उनादकटले समान एक–एक विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा २ विकेटको क्षतिमा १ सय ९८ रन बनाएको थियो । सन्जुले ५४ बलमै सानदार शतक बनाएक थिए ।
सन्जु १ सय २ रनमा अविजित रहे । कप्तान अजिंक्या रहाणेले ७० रनको महत्वपूर्ण योगदान दिए । रहाणे र सन्जु स्यामसनले १ सय १९ रनको सतकीय साझेदारी गर्दै राजस्थानलाई बलियो अवस्थामा पुर्याएका थिए । बेन स्ट्रोक्सले १६ रन बनाए । हैदरावादका लागि राशिद खान र नादिमले समान एक विकेट लिएका थिए ।
हैदरावादले ३१ मार्चमा बेंगलोरसँग खेल्नेछ भने ३१ मार्चमानै राजस्थानले चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्ध गर्ने छ ।
प्रकाशित समय ०८:४६ बजे

















