गृहपृष्ठ कारको ठक्करबाट कोहलपुरमा २ जनाको मृत्यु

कारको ठक्करबाट कोहलपुरमा २ जनाको मृत्यु

durghatna1-newskarobar

बाँकेको कोहलपुरमा कारले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

बाँके बैजनाथ–१ का ३० वर्षीय लोकबहादुर शाही र बर्दिया ठाकुरद्वारा– ८ की ३२ वर्षीया उषा चौधरीको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोहलपुर– ५ मा भे८प २१६५ नम्बरको स्कुटर र भे५प १४२० नम्बरको मोटरसाईकललाई लाई बा१५च २०९६ नम्बरको कारले ठक्कर दिएको थियो ।

गम्भीर घाइते उनिहरुको उपचारको क्रममा शुक्रबार राति ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १०:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु