गृहपृष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । धावनमार्ग मर्मतका लागि दैनिक १० घण्टा बन्द गर्न लागिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार चैत १८ देखि तीन महीना दैनिक १० घण्टा बन्द हुने भएको हो ।

हरेक दिन राति १० बजेदेखि बिहान ८ बजेसम्म धावनमार्ग मर्मत हुने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । विमानस्थल मर्मत अवधिमा नियमित उडानमा कुनै कटौती हुने छैन ।

प्रकाशित समय १५:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु