गृहपृष्ठ कपिलवस्तुमा गोली चल्यो, एकको मृत्यु

कपिलवस्तुमा गोली चल्यो, एकको मृत्यु

goli-prahar2-newskarobar

कपिलवस्तुमा अज्ञात समूहको गोली प्रहारबाट एकजनाको मृत्यु भएको छ । गोली लागी कृष्णनगर नगरपालिका –१० विद्यानगरका ४५ वर्षका पारस पुरीको मृत्यु भएको हो ।

गोली प्रहारबाट गम्भीर घाइते पुरीको उपचारका क्रममा बुटवलमा आइतबार राति मृत्यु भएको कपिलवस्तु प्रहरीले जानाएको छ । पुरी वैदेशिक रोजगार व्यवसायी हुन् । उनको छातिमा गोली लागेको थियो । पुरीलाई बोलाएर घर नजिकै गोली प्रहार गरी मोटरसाईकलमा आएको समूह भागेको थियो ।

संलग्न रहेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

प्रकाशित समय ०७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु