गृहपृष्ठ भारतीय लडाकू विमान मिग–२७ दुर्घटनाग्रस्त

भारतीय लडाकू विमान मिग–२७ दुर्घटनाग्रस्त

राजस्तानको जोधपुरमा भारतीय वायुसेनाको एउटा मिग–२७ लडाकू विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा पाइलट भने सकुशल उत्रिएको भारतीय सेनाले जनाएको छ ।

वायुसेनाले विमान दुर्घटनाका बारेमा अनुसन्धान थालेको छ । जोधपुरबाट करिब १२० किलोमिटर दक्षिणमा दुर्घटनाग्रस्त भएको मिग–२७ विमानमा इन्जिनमा खराबी आएको प्रारम्भिक अनुमान गरिएको छ । गत मार्च ८ तारिखमा पनि राजस्थानको बिकानेर इलाकामा मिग–२१ लडाकू विमान दुर्घटनामा परेको थियो । फेब्रुअरी १ मा तारिखमा रुसमा निर्मित मिराज २००० लडाकू विमान दुर्घटनाग्रस्त भएको थियो । यो दुर्घटनामा दुबै पाइलटको ज्यान गएको थियो ।

यस्तै फेब्रुअरी १२ मा राजस्थानको पोखरणमा मिग–२७ लडाकू विमान दुर्घटनाग्रस्त भएको थियो । 

प्रकाशित समय ०८:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु