गृहपृष्ठ प्रहरी श्रीमती सङ्घले हावाहुरी प्रभावित क्षेत्रमा पाँच हजार थान त्रिपाल वितरण गर्ने

प्रहरी श्रीमती सङ्घले हावाहुरी प्रभावित क्षेत्रमा पाँच हजार थान त्रिपाल वितरण गर्ने

नेपाल प्रहरी श्रीमती सङ्घले बारा तथा पर्साका हावाहुरी प्रभावित क्षेत्रमा पाँच हजार थान त्रिपाल वितरण गर्ने भएको छ । सङ्घले आइतबार साँझ हावाहुरीले क्षति पु¥याएको बारा र पर्साका विभिन्न बस्तीमा त्रिपाल, खाद्यान्न र सरसफाइका सामग्री वितरण गर्न लागेको हो ।

सङ्घकी अध्यक्ष प्रमिला खनालले हावाहुरी प्रभावितलाई तत्काल राहतस्वरुप संघले उक्त सामग्री वितरण गर्न लागेको जानकारी दिइन् । ’खाद्यान्नलगायत सामग्री आजै बारा र पर्सा लगेर वितरण गछौँँ,’ उनले भनिन् । वि.सं. २०४१ मा स्थापना भएको संघले स्थापनाकालदेखि सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आएको छ । हावाहुरी प्रभावितको उपचारका लागि नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट १९ विशेषज्ञ चिकित्सकसहितको टोली उपचारमा खटिएको छ ।

प्रकाशित समय १३:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु