गृहपृष्ठ हावाहुरीबाट भएको जनधनको क्षतिप्रति भारतद्वारा दुख व्यक्त
हावाहुरीबाट भएको जनधनको क्षतिप्रति भारतद्वारा दुख व्यक्त
छिमेकी देश भारतले बारा र पर्सामा आएको हावाहुरीबाट भएको जनधनको क्षतिप्रति दुख व्यक्त गरेको छ । भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै दुख व्यक्त गरेको हो ।
भारतले नेपालले चाहे हावाहुरी पीडितलाई राहत सहयोग उपलब्ध गराउन तयार रहेको समेत जनाएको छ । ‘नेपालाई चाहिएको खण्डमा भारत सरकार राहत सहयोग गर्न तयार छ’, विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित समय १२:१७ बजे

















