गृहपृष्ठ कांग्रेस जिल्ला सभापतिहरुको भेला काठमाडौंमा

कांग्रेस जिल्ला सभापतिहरुको भेला काठमाडौंमा

nepali-congress-www.newskarobar.com

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला काठमाडौंमा सुरु हुँदैछ । बुधबारदेखि काठमाडौंमा सुरु हुने भेलामा महासमिति बैठकमा उठेका विषय र समसामयिक राजनीतिक विषयमा छलफल हुने नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसीले जानकारी दिए ।

भेलापछि नेतृत्वलाई दबाब दिन मागसहितको घोषणापत्रसमेत जारी हुने बताइएको छ । जिल्ला सभापतिहरुले भेला हुने स्थान भने खुलाएको छैन । भेलामा ४५ भन्दा बढी जिल्लाका सभापतिहरुको सहभागिता रहने बताइएको छ ।

गत फागुन १२ गते सभापति देउवाले बहुमतीय प्रक्रिया अपनाएर महासमितिको म्याण्डेड विपरित विधान पारित गरेपछि जिल्ला सभापतिहरु रुष्ट छन् । जिल्ला सभापतिहरुको भेलालाई लिएर संस्थापन र इतर पक्षबीच बिबाद बढेको छ ।

प्रकाशित समय १२:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु