गृहपृष्ठ भक्तपुरमा टिप्परले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
भक्तपुरमा टिप्परले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
भक्तपुरको जडिबुटीमा टिप्परको ठक्करबाट एकजनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
जडिबुटीको पेट्रोल पम्पनेर बिहीबार राति २ बजेतिर बा ४९ प ७४४५ नम्बरको स्कुटरलाई टिप्परले ठक्कर दिँदा सिन्धुली भिमानका बालकृष्ण कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटरमा तीन जना चढेका थिए । सर्लाहीका जुनबहादुर आचार्य र रौतहटका भरत कार्की घाइते भएका छन् । ठक्कर दिने टिप्परको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
गत बुधबार पनि ट्रिपरको ठक्करबाट भक्तपुरमै एक जनाले ज्यान गुमाएका थिए ।
प्रकाशित समय ११:४९ बजे

















