गृहपृष्ठ विश्वकै धनी मान्छेले गरे ‘किर्तिमानी डिभोर्स’

विश्वकै धनी मान्छेले गरे ‘किर्तिमानी डिभोर्स’

जीवनमा पैसाले किन्न नसकिने चिजमा खुसी पनि एक हो । चाहे जति सुकै पैसा किन नतिरौं, खुसी मिल्न मन सन्तुष्ट हुनैपर्छ र पैसाले मात्रै मन सन्तुष्ट हुँदैन । कसैले सोच्दछ, ‘पर्याप्त पैसा भएपछि मन सन्तुष्ट हुन्छ’ भने ऊ गलत छ । किनकि, संसारकै धनी व्यक्ति अमेजनका मालिक जेफ बेजोस र उनकी पत्नीले पैसाले खुसी किन्न सकेनन् । हालैमात्र उनीहरुले सम्बन्ध विच्छेद गरी आ–आफ्नो बाटो लाग्ने निर्णय गरेका छन् । सम्बन्ध विच्छेद गर्दा बेजोसले किर्तिमानी ३५ अर्ब डलर तिरेका छन् ।

बेजोसबाट ३५ अर्ब डलर लिएपछि मेकेन्जी विश्वमा चौथो धनी महिला बनेकी छन् । यद्यपि, बेजोससँग बिताएका पल यादका रुपमा रहने उनले बताएकी छन् । उनको हिस्सामा अमेजनको ४ प्रतिशत सेयर आएको छ । जसको मूल्य ३६ अर्ब ५० करोड डलर रहेको छ ।

संयुक्त सेयरमा मेकेन्जीलाई हिस्सा दिएपछि पनि जेफ बेजोस १ खर्ब १४ अर्ब डलर नेटवर्थका साथ विश्वको सबैभन्दा धनी व्यक्तिको सूचीमा अग्रस्थानमै छन् ।

डिभोर्स सम्झौताअनुसार मेकेन्जीले संयुक्त सेयरमध्ये ७५ प्रतिशत बेजोसलाई र २५ प्रतिशत आफ्नो लागि राख्न सहमत भएकी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुबैसँग अमेजनको १६ प्रतिशत सेयर थियो । त्यसमध्ये अब ४ प्रतिशत सेयर मेकेन्जीलाई दिइएको छ । बेजोसको अखबार वाशिंगटन पोष्ट र स्पेस कम्पनी बलू ओरिजिनबाट भने मेकेन्जीले हिस्सा नमागेकी बताइएको छ । जेफ बजोस र मेकेन्जीले गत जनवरीमा सम्बन्ध बिच्छेद गर्ने घोषणा गरेका थिए ।

प्रकाशित समय १२:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु