गृहपृष्ठ हिउँपहिरोमा परी तीनजना बेपत्ता
हिउँपहिरोमा परी तीनजना बेपत्ता
माथिल्लो डोल्पाको हिमपहिरोमा परी तीन जना बेपता भएका छन् । टेलिफोन सम्पर्क हुन नसक्ने माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–३ सेलरीढुक्टा शे गुम्बा जाँदै गरेका तीन जना हराएका हुन् । उनीहरु चैत १७ गते कैलाश पर्वतमा तीर्थव्रतका लागि जाँदै गर्दा बेपत्ता भएका प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेहरुमा शे–फोक्सुण्डो गाउँपालिका–३ का फुर्वा ठिन्ल्या गुरुङ, पेमा कुन्साङ गुरुङ र फुन्छोक गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय डोल्पका प्रमुख प्रहरी नायव उपरीक्षक अवदेश विष्टले जानकारी दिए । हिउँ भारी मात्रामा भएका कारण घटनास्थलसम्म पुग्न समस्या भएको उनले बताए ।
प्रकाशित समय १२:३२ बजे

















