गृहपृष्ठ जनक शिक्षाको ट्रकले तरकारी बोक्ने जिपलाई ठक्कर दियो, दुईजनाको मृत्यु

जनक शिक्षाको ट्रकले तरकारी बोक्ने जिपलाई ठक्कर दियो, दुईजनाको मृत्यु

ललितपुरको सानेपामा ट्रक र पिकअप भ्यान एक आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । बिहान साढे १० बजे सानेपाको नयाँबाटो चोकमा जनक शिक्षा सामग्री केन्द्रको ना १ घ ५३३ नम्बरको ट्रकले तरकारी बोक्ने बा ७ च २१३१ नम्बरको भ्यानलाई ठक्कर दिएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका दोलखा घर भई हालको ठेगाना नखुलेका ४० वर्षका इन्द्रबहादुर सुनुवार र धनुषा घर भई हाल भैसेपाटी बस्ने ४० वर्षीय डोल्मा शेर्पाको अलका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना परी गम्भीर घाइते भएकी धनुषा घर भई हाल बुगमती बस्ने १८ वर्षकी स्मृति मगरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रकका चालक फरार छन् ।

प्रकाशित समय १५:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु