गृहपृष्ठ बजारमा आयो नयाँ स्वरूपकाे फाेर्ड फिगो
बजारमा आयो नयाँ स्वरूपकाे फाेर्ड फिगो
फोर्ड मोटर्सले आफ्नै प्रख्यात फोर्ड फिगोको मौलिक स्टायल, शक्तिशाली इन्जिन साथ नयाँ स्वरुपमा बजारमा ल्याएको छ । पहिलाको भन्दा विभिन्न १२ सय बढी विशेषता परिर्वतन गरी २०१९ संस्करणको फोर्ड फिगो बजारमा ल्याइएको हो ।
बुटवल क्षेत्रका लागि आधिकारिक बिक्रेता एभरेष्ट मार्केटिङ फोर्ड शोरुम कालिकानगर बुटवलमा बिक्री थालिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी एभरेष्ट मार्केटिङ्गका अभिभावक कलाधर घिमिरे, फोर्ड मोर्टसका डिपुटी म्यानेजर विजय थापा, एभरेष्ट माकेर्टिङ्गका सञ्चालक योगेश घिमिरे र लायन्स क्लव ३२५ बी २ का पुर्वगर्भनर महेन्द्रनारायण श्रेष्ठले संयुक्त रुपमा बिक्री शुभारम्भ गरेका हुन् ।
नेपालमा २४ लाख ९९ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको फोर्ड फिगो गाडीको शक्तिशाली इन्जिन र उत्कृष्ट सवारी ३ सिलिण्डरयुक्त १.२ लिटर टिआईभिसिटी पेट्रोल इन्जिन जडान गरिएको छ । यस्तै डिजेल गाडीका पारखीहरुका लागि १.५ लिटर टिडिसीआई इन्जिन जडान गरिएको छ ।
दुवै इन्जिनयुक्त फोर्ड फिगो ५–स्पीड ट्रान्समीसनमा उपलब्ध हुनेछ र यो पहिलेको भन्दा १५ प्रतिशत हलुका हुने भएकाले बढी इन्धन बचत हुने गो अटोमोवाईल्स (फोर्ड मोटर्स)का डिपुटी म्यानेजर विजय थापाले जानकारी दिए । नयाँ फोर्ड फिगो विभिन्न सातवटा रङ्गमा उपलब्ध छ ।
फोर्डका २४ लाख ९९ हजार देखि २९ लाख ९९ हजारसम्मका विभिन्न मोडलका गाडी छन् ।
प्रकाशित समय १५:५३ बजे

















