गृहपृष्ठ हावाहुरी पीडितलाई काठमाडौं महानगरपालिकाको २५ लाख सहयोग

हावाहुरी पीडितलाई काठमाडौं महानगरपालिकाको २५ लाख सहयोग

kanthmandu-metropolitan-newskarobar

काठमाडौं महानगरपालिकाले बारा र पर्साका हावाहुरी पीडितलाई २५ लाख रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । बिहीबार बसेको नगरकार्यपालिकाको बैठकले जनप्रतिनिधि र कर्मचारीले पनि आफ्नो पारिश्रमिकबापतको एक दिनको तलब पीडितलाई सहयोग गर्ने निर्णय गरेको छ । यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ ।

वर्षात आउन लाग्दा हावाहुरीका कारण धेरैले आवाससमेत गुमाएकाले राहतका लागि सहयोग गर्ने निर्णय गरिएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।

प्रकाशित समय २०:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु