गृहपृष्ठ विमानस्थलबाट विदेशी मुद्रासहित एकै परिवारका पाँच जना पक्राउ

विमानस्थलबाट विदेशी मुद्रासहित एकै परिवारका पाँच जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एकै परिवारका पाँच जना पक्राउ परेका छन् । विमानस्थल प्रहरीले क्याफे सञ्चालक सुवास श्रेष्ठको परिवारलाई विदेशी मुद्रासहित पक्राउ गरेको हो ।

उनीहरूका साथबाट प्रहरीले ३६ लाख ६१ हजार नेपाली रुपैयाँ बराबर विभिन्न देशका मुद्रा बरामद गरेको छ । थाइ एयर फ्लाइट नम्बर टीजी ३२० विमानबाट बैंककतर्फ जान लागेको अवस्थामा श्रेष्ठसहित उनका परिवारका पाँच जनालाई शनिबार बिहान पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सुवासकी श्रीमती उमादेवी दुई छोरी र एक छोरा रहेका छन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ११:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु