गृहपृष्ठ विदेशबाट फर्किएका युवाको सीप परीक्षण
विदेशबाट फर्किएका युवाको सीप परीक्षण
सरकारले विदेशबाट फर्किएका युवाको सीप परीक्षण गर्ने भएको छ । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठका अनुसार सीप परीक्षण सातै प्रदेशमा गरिने छ ।
उनीहरुको सीप प्रमाणीकरण गरी आन्तरिक श्रम बजारमा रोजगारीका अवसर प्राप्त गर्ने तथा स्वरोजगार बन्न अभिप्रेरित गर्ने उद्देश्यले सीप परीक्षण गर्न लागिएको हो ।
सीप परीक्षणमा सफल हुनेलाई सम्बन्धित सीपको प्रमाणपत्र दिइनेछ । यही ७ गतेसम्म विभिन्न चरणमा सीप परीक्षण गरिने छ ।बोर्डले गत मंसिर ११ गतेदेखि विभिन्न २० प्रकारका सीपको निःशुल्क परीक्षणका लागि आवेदन माग गरेको थियो ।
विभिन्न प्रकारका सीप प्रमाणीकरणका लागि ४६५ युवाले आवेदन दिएका थिए । सीप परीक्षणका सम्बन्धमा जानकारी दिन बोर्डले गत चैत २० देखि २६ गतेसम्म विभिन्न चरणमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिसकेको छ ।
प्रकाशित समय ०७:३० बजे

















