गृहपृष्ठ भेरी–बबई सुरुङ निर्माण सकियो, प्रधानमन्त्रीले सकिएकाे घोषणा गर्ने

भेरी–बबई सुरुङ निर्माण सकियो, प्रधानमन्त्रीले सकिएकाे घोषणा गर्ने

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सुरुङ निर्माण सकिएको घोषणा गर्ने कार्यक्रम छ । तोकिएको समय अगाडी नै सुरुङ निर्माण सम्पन्न भएको हो ।

सुर्खेतको भेरीगंगा नगरपालिकाको हात्तीखालदेखि चिप्लेसम्म १२ दशमलव २ किलोमिटर सुरुङ निर्माण गरिएको हो ।

२०७४ कात्तिक २० गतेदेखि चाइना ओभरसिज इन्जिनियरिङ ग्रुफ कम्पनीले २०७६ चैत १५ गते सक्नेगरी सम्झौता भएको थियो । भेरीको पानी बबईमा खसालेर बर्दिया र बाँकेको जमिनलाई सिँचाई उपलब्ध गराउने लक्ष्य छ ।

प्रकाशित समय ०८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु