गृहपृष्ठ बालबालिकाहरुलाई बिद्यालय भर्ना गर्न गैरआवासीय नेपालीको अभियान
बालबालिकाहरुलाई बिद्यालय भर्ना गर्न गैरआवासीय नेपालीको अभियान
प्रधानमन्त्री केपी शर्मा ओलीले शुरु गरेको ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकाहरुलाई विद्यालय पुर्याऔ’ नारासहितको बाहिर रहेका बालबालिकाहरुलाई बिद्यालय भर्ना गर्ने सरकारको अभियानमा गैरआवासीय नेपाली संघ सहभागी भएको छ ।
संघले एभरेष्ट इन्टरनेशनल स्कूल जापानसँगको सहकार्यमा सबैभन्दा धेरै बालबालिकाह बिद्यालयबाहिर रहेको प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित गौशाला नगरपालिकाको त्रिभूवन मावि, जन्ता मावि र दलित बस्ती बेलगाछीमा अवस्थित बीरेन्द्र माविबाट अभियान शुरु गरेको छ । 
संघले ५०० बालबालिकाहरुलाई नेपाल सरकारले तय गरेको मापदण्डअनुसार बिद्यालय जान प्रेरित गर्न आवश्यक साभाग्रीहरु झोला एक थान, कपि ६ थान, एक दर्जन कलम, टिफिन बक्स, जुत्ता र मोजा दुई जोर, विद्यालय पोशाक (सर्ट र पाइन्ट वा स्कर्ट) दुई जोर र जाडोको लागी ट्राउजर, स्वीटर र टोपी एक थान उपलब्ध गराउनेछ । स्थानियले भर्नाभन्दा पनि विद्यार्थीहरुलाई विद्यालयमा टिकाउन कठिन हुने औंलाए ।
स्थानिय शिक्षक शिक्षिकाहरुबाट प्राप्त जानकारी अनुसार विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई बिद्यालयमा भर्ना गराउन जन्मदर्ता प्रमाणपत्रको अवश्यक्ता भएकोले पनि विद्यार्थी भर्नामा कमि आएको हो । त्यस अवसरमा स्थानिय जनप्रतिनिधिहरुको रोहवरमा जन्मदर्ता गराई विद्यार्थी भर्ना गरिएको थियो ।
स्थानीय जनप्रतिनिधिहरुले एभरेष्ट इन्टरनेशनल स्कूल जापान र गैरआवासीय नेपाली संघलाई नेपाल सरकारको यस अभियानमा सहभागी भएकोमा कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस कार्यलाई लक्ष्य अनुसार सफलता हाशिल दिलाउन निरन्तर सहयोग र सहकार्यको आपेक्षा रहेको वताए ।
प्रकाशित समय १९:४६ बजे

















