गृहपृष्ठ एभरेष्ट बैंकका ग्राहकलाई चिरायू हस्पिटलमा १५ प्रतिशत छुट
एभरेष्ट बैंकका ग्राहकलाई चिरायू हस्पिटलमा १५ प्रतिशत छुट
एभरेष्ट बैंक लिमिटेडले चिरायू नेशनल हस्पिटलसँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ ।
काठमाडौंको बसुन्धारास्थित चिरायूले डिसेम्बर २०१३ देखि आउट प्यासेन्ट सेवा र इन प्यासेन्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
बैंकसँग भएको समझदारी अनुसार ग्राहकहरुले विभिन्न सेवाहरुमा १५ प्रतिशत छुट पाउनेछन् । यसका लागि एभरेष्ट बैंकका ग्राहकहरुले एटिएम कार्ड वा क्रेडिट कार्ड देखाउनु पर्ने छ । एभरेष्ट बैंकका ग्राहकहरुको संख्या १० लाखभन्दा बढि छ ।
प्रकाशित समय १९:५६ बजे

















