गृहपृष्ठ लाजिम्पाटबाट ५० किलो गाँजासहित दुई जना पक्राउ

लाजिम्पाटबाट ५० किलो गाँजासहित दुई जना पक्राउ

pakrau-arrest-newskarobar

काठमाडौंको लाजिम्पाटबाट लागूऔषध गाँजा ५० किलो सहित दुईजना पक्राउ परेका छन् । सुवर्णशम्शेर मार्गबाट अवैध लागूऔषध गाँजा ५० किलो सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने सिन्धुली मरिण गाउँपालिका–४ का ३९ वर्षीय देवकुमार घिसिङ र सोही ठाउँ बस्ने सिन्धुली कमलामाई नगरपालिका–२ का ३० वर्षीय पदमबहादुर श्रेष्ठ छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १५:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु