गृहपृष्ठ कर्जा दिन घुस माग्ने बाणिज्य बैंकका कर्मचारी अख्तियारको फन्दामा

कर्जा दिन घुस माग्ने बाणिज्य बैंकका कर्मचारी अख्तियारको फन्दामा

ciaa_surkhet

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय बर्दघाट नवलपरासीमा कार्यरत कनिष्ट सहायक अन्चल सुनारलाई घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

राष्ट्रसेवक कर्जाबापत सेवाग्राहीको खातामा निकासा भएको रकम निकाल्न रोक्का राखी घुस माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयको टोलीले सुनवारलाई १० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । अख्तियारले घुस लिएको आरोप लागेका सुनुवारका विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १० को कसुरमा बिगो १० हजार रुपैयाँ कायम गरी सजाय मागदाबी गरेर विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रबक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित समय १९:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु