गृहपृष्ठ मोरङमा एक महिला मृत फेला, बलात्कारपछि हत्या भएको आशंका

मोरङमा एक महिला मृत फेला, बलात्कारपछि हत्या भएको आशंका

Rina_Basnet_newskarobar

मोरङको पथरी शनिश्चरे नगरपालिकामा एक महिला मृत फेला परेकी छन् । पथरी शनिश्चरे–१ बस्ने २९ वर्षीया रिना बस्नेत मृत अवस्थामा फेला परेकी हुन् ।

बस्नेतको शव नग्न अवस्थामा फेला परेकाले बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईंले घटनाबारे अनुसन्धान भइरहेको बताए । उनी शुक्रबार राति पथरीमा आयोजित कन्सर्ट हेर्न कोठाबाट निस्किएकी थिइन् । शनिबार बिहान मर्निङ वाक गर्ने स्थानीयले नग्न अबस्थामा घोप्टो परेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनका अनुसार मृतक बस्नेतका पति वैदेशिक रोजगारीमा छन् । रिना पथरीमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी थिइन् ।

प्रकाशित समय १०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु