गृहपृष्ठ जितगढी विजयोत्सवमा निस्कियो -याली

जितगढी विजयोत्सवमा निस्कियो -याली

jitgadi-utsab-newskarobar

अंग्रेजलाई पराजित गरेको खुसियालीलाई बुटवल उपमहानगरपालिकाले गत वर्षदेखि आयोजना गरेको जितगढी विजयोत्सवका अवसरमा शनिबार बिहान -याली निकालिएको छ । सम्पदा स्थल किल्ला परिसरमा आयोजना गरिएको विजयोत्सव दिवसको विशेष कार्यक्रमका लागि -याली निकालिएको हो ।

दुई सय चार वर्षअघि वि. सं. १८७२ वैशाख ७ गते कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली सेनाले तत्कालीन अंग्रेज सेनालाई पराजित गरेको थियो । सोही ऐतिहासिक दिनलाई विजयोत्सव दिवसका रुपमा बुटवल उपमहानगरपालिकाले गत वर्षदेखि भव्य रुपमा मनाउन सुरु गरेको छ ।

दोस्रो विजयोत्सवका अवसरमा जितगढी किल्लापरिसरमा निर्माण गरिएको कर्णेल उजिरसिंह थापाको पूर्ण कदको शालिक अनावरण गर्ने र शालिकको छेउमा विशाल राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्ने कार्यक्रम छ ।

कर्णेल उजिरसिंहको शालिक अनावरण र झण्डोत्तोलन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । विजयोत्सव समारोहमा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, रक्षामन्त्री ईश्वर पोखरेल, कांग्रेस महामन्त्री शशांक कोइराला, कांग्रेस सचेतक बालकृष्ण खाणलगायतका शीर्ष नेता बुटवल आउनेछन् ।

jitgadi-utsab-newskarobar

जितगढी विजयोत्सव-jitgadi-utsab-newskarobar

यो पनि पढ्नुहोस् ।

वैशाख ७ : अंग्रेज सेनाको पराजयमा रमाउँदै जितगढी

प्रकाशित समय १०:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु