गृहपृष्ठ सवारी दुर्घटनामा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
प्रदेश १ का दुई छुट्टाछुट्टै स्थानमा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित गाईघाटबाट चुहाडेतर्फ जाँदै गरेको लु. ३ त ४४४९ नम्बरको ट्याक्टरले विपरीत दिशावाट आउँदै गरेको लु. ४९ प ४०७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिई गम्भीर घाइते बनेका मोटरसाइकल चालक उदयपुरगढी गाउँपालिका–७ का ३५ वर्षीय कालिन्दा भण्डारीको धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा राति साढे ८ बजे मृत्यु भएको हो । घटनामा संलग्न ट्याकटर र चालक अस्थायी प्रहरी पोष्ट चुहाडेले नियन्त्रणमा लिएको छ ।
त्यस्तै मोरङको सुन्दरहरँैचा नगरपालिका–३ त्रियुगा चोकमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को. २६ प ३०९९ नम्बरको मोटरसाइकल शुक्रबार साँझ आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा गम्भीर घाइने भएका स्थानीय ३५ वर्षीय धनकुमार राईको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रकाशित समय १४:३९ बजे

















