गृहपृष्ठ जानकी हेल्थ केयरमा कार्यरत नर्स मृत अवस्थामा फेला
जानकी हेल्थ केयरमा कार्यरत नर्स मृत अवस्थामा फेला
जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा कार्यरत नर्स मृत अवस्थामा फेला परेकी छिन् । महोत्तरीको गौशाला घर भएकी २५ वर्षीय रक्षा आले मगर शौचालयमा मृत अवस्थामा फेला परेकी हुन् ।
उनको शव शौचालयमा घाँटीमा सलले पासो लागेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
नर्सले अस्पतालभित्रै के कारणले पासो लगाएको घटना शंकास्पद रहेको भन्दै स्थानीय महिला अधिकारवादी संघसंस्थाहरूले सत्यतथ्य छानबिनको माग गरेका छन् । सेन्टरका संचालक संघिय सरकारका स्वास्थ्य राज्यमन्त्रि सुरेन्द्र यादव हुन ।
प्रकाशित समय ११:२० बजे

















