गृहपृष्ठ श्रीलंकाकाे चर्च र होटलमा विस्फोट, २० को मृत्यु
श्रीलंकाकाे चर्च र होटलमा विस्फोट, २० को मृत्यु
श्रीलंकाको गिर्जाघर र होटलहरूमा विस्फोट भएको छ । ६ वटा गिर्जाघर र होटलमा विस्फोट भएको बताइएको छ । सो विस्फोटमा धेरै मानिसहरू हताहत भएको आशंका गरिएको छ ।
प्रारम्भिक जानकारीका अनुसार विस्फोटनमा परेर कम्तीमा २० जनाको मृत्यु भएको छ भने दुई सय जनाभन्दा बढी मानिसहरू घाइते भएका छन् ।
आइतवार कोच्चिकाडे, कटुवापिटिया र बट्टिकलोआस्थित गिर्जाघरमा बिहान विस्फोटन भएको थियो । मध्य कोलम्बोस्थित साङ्ग्रिला, सिनमन ग्र्यान्ड र किङ्सबरी होटलमा पनि छुट्टाछुट्टै विस्फोटन भएको बताइएको छ ।
बीबीसीको सहयोगमा
प्रकाशित समय ११:३२ बजे

















