गृहपृष्ठ विद्यार्थी भर्ना गराउन वडाअध्यक्ष नेतृत्वको टोली घर–घरमा

विद्यार्थी भर्ना गराउन वडाअध्यक्ष नेतृत्वको टोली घर–घरमा

धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष शैलेन्द्र महतो विद्यार्थीलाई सामुदायिक विद्यालयमा पढाउन आग्रह गर्दै अभिभावकको घर–घरमा पुगेका छन ।

बटेश्वर गाउँपालिका वडा नम्बर १ स्थित श्रीलक्ष्मी माध्यमिक विद्यालयमा विद्यार्थी भर्ना गराउन आग्रह गर्दै आइतवारदेखि वाडा अध्यक्ष महतोको नेतृत्वमा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजदेव महतो, विद्यालयका प्रध्यानाध्यापक श्याम सिंहलगायत शिक्षकहरुको टोली अभिभावकहरुको घर–घरमा पुगेर अभिभावकहरुलाई विद्यालयमा विद्यार्थी भर्ना गराउन आग्रह गर्ने गरेका छन ।

आइतवार विहानैदेखि बटेश्वर गाउँपालिका वाडा नम्बर १ चित्रपुरमा घरदैलो गर्दै टोलीले विद्यार्थी भर्ना गराउन आग्रह गरेको विद्यालयका शिक्षक सतेन्द्र शर्माले बताए ।

अभिभावकहरुको घर–घरमा जाँदा अभिभावकहरुको समेत समस्या, गुनासो सुन्ने अवसर पाएकाले विद्यालयमा भएका कमिकमजोरी सुधार गरिने विद्यालयका प्रधानाध्यापक श्याम सिंहले बताए । आइतवार र सोमवार घरदैलो गरेर विद्यार्थी भर्ना अभियानबारे जानकारी गारउने समेत उनले बताए ।

प्रकाशित समय १२:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु