गृहपृष्ठ कोभिड खोप : ८ देखि १२ हप्तामा दोस्रो डोज लगाउन प्रस्ताव

कोभिड खोप : ८ देखि १२ हप्तामा दोस्रो डोज लगाउन प्रस्ताव

कोभिड-१९ खोप प्राविधिक सल्लाहकार समितिले कोरोना खोपको दोस्रो मात्रा ८ देखि १२ हप्ताको अवधिमा लगाउन सरकारलाई सुझाव दिएको छ । सल्लाहकार समितिकाे बैठकले गत शुक्रबार खोपको दोस्रो मात्रा ८ देखि १२ हप्ताको अवधिमा दिन प्रस्ताव गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्ताव निर्णयका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेस भएको छ । तर, स्वास्थ्य मन्त्रालयले भने यस विषयमा निर्णय गरिसकेकाे छैन । यसअघि मन्त्रालयले पहिलाे मात्रा लगाएकाे २८ दिनपछि दाेस्राे मात्रा लगाउने निर्णय गरेकाे थियो ।

विश्व स्वास्थ्य संगठनको खोपसम्बन्धी विज्ञहरुको समिति (सेज)को निर्णयको आधारमा उक्त प्रस्ताव गरेको हो । सेजले पहिलो खोप लगाएको ८ देखि १२ हप्ताको अवधि दोस्रो मात्रा लगाउँदा प्रभावकारी हुने निर्णय गरेको छ ।

प्रकाशित समय १८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु