गृहपृष्ठ सम्पदा पुननिर्माण निरीक्षणमा निस्किए प्रधानमन्त्री

सम्पदा पुननिर्माण निरीक्षणमा निस्किए प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले पुननिर्माण भइरहेको सम्पदाहरुको निरीक्षण गरेका छन् । त्रिपुरेश्वरको त्रिपुरासुन्दरी मन्दिर, बसन्तपुर क्षेत्रको काष्ठमाण्डप लगायतका मन्दिरहरुको निरीक्षण गरेका हुन् ।

२०७२ सालको गोरखा भूकम्पबाट क्षति पुगेका सम्पदाको पुननिर्माणको काम भइरहेको छ । निरीक्षणपछि प्रधानमन्त्री ओलीले आगामी २० महिना भित्र क्षतिग्रस्त भएका संरचना निर्माण भइसक्ने बताए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशिल ज्ञवाली र काठमाण्डौ महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई यस क्षेत्रका पुनर्निर्माण गर्दा मौलिकता जोगाउन समेत निर्देशन दिए ।

प्रकाशित समय १६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु