गृहपृष्ठ ३३ लाख ठगीको आरोपमा एक महिला पक्राउ
३३ लाख ठगीको आरोपमा एक महिला पक्राउ
जग्गा बेच्ने भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा स्याङ्जाको पुतलीबजार नगरपालिका बस्ने सुनिता थापा पक्राउ परेकी छन् ।
पुतलीबजार नगरपालिका–३ आम्बोटमा बाटोले छोएको मूल्यवान घरसहितको जग्गा रहेको र उक्त जग्गा अरुलाई दिनुभन्दा तपाईंलाई नै दिउँला भनी विभिन्न समयमा १५ जनाबाट रकम लिएपछि यही वैशाख १० गते पीडितले प्रहरीमा जाहेरी दिएका थिए ।
थापा र उनका श्रीमान् हुमबहादुरले विभिन्न समयमा रकम लिएको र हानी नोक्सानी पुर्याएको भन्दै पीडितले जाहेरी दिएपछि प्रहरीले श्रीमती थापालाई पक्राउ गरेको हो ।
थापा दम्पतीले १५ जनाबाट ३३ लाख ३९ हजार ठगी गरेको जाहेरी प्रहरीमा रहेको प्रहरी प्रवक्ता भण्डारीले बताए ।
प्रकाशित समय १०:५० बजे

















