गृहपृष्ठ कपिलवस्तुमा बस दुर्घटना, १४ जना घाइते
कपिलवस्तुमा बस दुर्घटना, १४ जना घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपलिवस्तुको वाणगंगा नगरपालिकास्थित चप्परगाँंउमा दुर्घटना भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् ।
काठमाण्डौबाट धनगढी जाँदै गरेको ना ७ ख ५१८७ नम्बरको बस दुर्घटनामा परेको हो । घाइते १४ जनाकै स्थानीय सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था सामान्य रहेको बताइएको छ ।
बसको गियर बक्स बिग्रेकाले दुर्घटनामा भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । बस अनियन्त्रित भई सडकको किनारमा पल्टेको छ ।
प्रकाशित समय ०९:२८ बजे

















