गृहपृष्ठ पाकिस्तानको लाहोरस्थित धार्मिक स्थलनजिकै विस्फोट, तीनको मृत्यु

पाकिस्तानको लाहोरस्थित धार्मिक स्थलनजिकै विस्फोट, तीनको मृत्यु

explosion-outside-Data-Darbar-newskarobar

पाकिस्तानको लाहोरस्थित धार्मिक स्थलनजिकै बम बिस्फोट भएको छ । पञ्जाब राज्यको लाहोरस्थित प्रमुख सुफी धार्मिक स्थलबाहिर विस्फोट भएको हो ।

घटनामा तीनजनाको ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । समाचारमा जनाइएअनुसार दक्षिण एसियाकै ठूलोमध्येको एक सुफी धार्मिक स्थल दाता दरबारनजिकै बिस्फोट भएको हो । घटनामा प्रहरीसहितका धेरै मानिस घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्रकाशित समय ११:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु