गृहपृष्ठ गुणस्तरहीन औषधि बेच्नेलाई कारबाही : मन्त्री यादव
गुणस्तरहीन औषधि बेच्नेलाई कारबाही : मन्त्री यादव
उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरहीन औषधि बिक्री–वितरण गर्ने औषधि पसलहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मन्त्री यादवले सो कुरा बताएका हुन् ।
चिस्यानमा नराखिएको औषधि बिक्री वितरणमा पनि प्रतिबन्ध लगाउने उनको भनाइ छ । उपप्रधानमन्त्री यादवले सरकारले सिधैं कम्पनीबाट औषधि खरिद गर्ने कानुनी व्यवस्था गर्न जरुरी रहेको बताए ।
सार्वजनिक खरिद ऐनको प्रक्रियाबाट औषधि खरिद गर्दा महंगो पर्ने भएकाले त्यसलाई रोकेर सरकार आफैंले सिधै कम्पनीबाट औषधि खरिद गर्ने तयारी गरिरहेको उनले जानकारी दिए ।
प्रकाशित समय १२:१८ बजे

















