गृहपृष्ठ चेन्नई सुपरकिंग्स फाइनलमा जाने पक्का
चेन्नई सुपरकिंग्स फाइनलमा जाने पक्का
Faf du Plessis of the Chennai Superkings during the qualifier 1 match of the Vivo Indian Premier League 2018 (IPL 2018) between the Sunrisers Hyderabad and the Chennai Super Kings held at the Wankhede Stadium in Mumbai on the 22nd May 2018.
Photo by: Ron Gaunt /SPORTZPICS for BCCI
मुम्बई- आइपिएल क्रिकेटमा चेन्नई सुपरकिंग्सले नाटकीय खेलमा जित हात पार्दै फाइनलमा स्थान पक्का गरेको छ । मंगलबार भएको पहिलो प्लेअफमा सनराइजर्स हैदरावादमाथि २ विकेटको रोमाञ्चक जित हात पारेर चेन्नई फाइनलमा प्रवेश गरेको हो ।
चेन्नईलाई फाइनलमा पुर्याउने क्रममा ओपनिङ ब्याट्सम्यान फाप डु प्लेसिसले उत्कृष्ट ब्याटिङ गरे । १ सय ४० रनको सामान्य लक्ष्य पछ्याएपनि चेन्नईले १५ ओभरमा महत्वपूर्ण ७ विकेट गुमाइसकेको थियो । जितका लागि ४८ रन चाहिएको अवस्थामा प्लेसिसले सम्हालिएर ब्याटिङ गर्दा खेल चेन्नईको पक्षमा आएको थियो । उनले नटआउट ६७ रन जोडे। उनले ४२ बलमा ५ चौका र ४ छक्का प्रहार गरेका थिए ।

अन्तिम ओभरमा जितका लागि ६ रन चाहिएको स्थितिमा उनले पहिलो बलमै छक्का प्रहार गरेका थिए । उनलाई सार्दूल ठाकुरले नटआउट १५ रन बनाएर साथ दिएका थिए । बलिङमा हैदरावादका रसिद खानले ४ ओभरमा २ विकेट लिँदा ११ रन मात्र खर्चिए । कुनै बाउन्ड्री नखाएका खानको ओभरमा सम्हालिनु नै प्लेसिसको राम्रो पक्ष रह्यो ।
खेलमा प्लेसिसले चेन्नईका लागि योगदान दिन सकेकझमा खुसी लागेको बताए । ‘मैले धेरै खेल त खेल्न पाएको छैन । टिमका लागि योगदान दिन पाउदा खुसी लागेको छ,’ उनले भने, ‘अघिल्ला खेल हेरेर आफ्नो गल्ति सुधारेको थिए । जसले गर्दा मानसिक रुपमा बलियो भएको थिए । खेलपछि म चेन्जिङ रुपमा गए र साथीहरुलाई सोधे, गाइज हामीले कसरी खेल जित्यौ ?’

कुनै समय खेल हैदरावादको पक्षमा गएको बताउँदै प्लेसिसले शार्दुल ठाकुरले हानेको बाउन्ड्रीका कारण चेन्नईले पासा पल्टाएको बताए । उनले हैदरावादका रसिद खानको बलिङको पनि प्रशंसा गरे ।
त्यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३९ रन मात्र जोड्न सक्यो । उसका लागि कार्लोस बाथवेटले सर्वाधिक नटआउट ४३ रन जोड्दा अन्य ब्याट्सम्यानले कमजोर खेले । बलिङतर्फ चेन्नईका डिजे ब्राभोले २ विकेट लिएका थिए ।
प्रकाशित समय १०:०३ बजे

















