गृहपृष्ठ बैतडीमा किशोरी मृत फेला, हत्याको आशंकामा एक पक्राउ

बैतडीमा किशोरी मृत फेला, हत्याको आशंकामा एक पक्राउ

death-newskarobar

बैतडीमा एक किशोरी मृत अवस्थामा फेला परेकी छन् । मेलौली नगरपालिका–७, बनालीमा १८ वर्षीया सावित्री चन्द मृत फेला परेकी हुन् ।

मणिलेक माध्यमिक विद्यालय मेलौलीमा कक्षा १२ अध्ययनरत सावित्रीको शव कोठामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । खानतलासी गर्दा युवतीको कोठामा पर्स भेटिएपछि सो आधारमा शंकास्पद देखिएपछि एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका प्रशान्त क्षेत्री छन् । सावित्री कक्षा ११ को मौका परिक्षा दिन बनाली गएकी थिइन् ।

प्रकाशित समय १०:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु