गृहपृष्ठ आयाक्स ५ वर्षपछि लिग च्याम्पियन
आयाक्स ५ वर्षपछि लिग च्याम्पियन
आयाक्स ५ वर्षपछि डच लिग च्याम्पियन बनेको छ । च्याम्पियन्स लिगमा अभुतपूूर्व प्रदर्शन गर्दै सेमिफाइनल सम्मको यात्रा तय गरेको आयाक्सले घरेलु लिग जितेको हो ।
आयाक्सले बुधबार रातिको खेलमा डि ग्राफस्क्यापलाई ४–१ गोललेले पराजित गर्दै च्याम्पियन बनेको हो । आयाक्सको जितमा डुसान टाडिकले दुई गोल गरे । लासे स्काने र निकोलस ट्याग्लियाफिकोले १–१ गोल गरे । ग्राफस्क्यापका युसेफले एक गोल फर्काए । आयाक्स सन् २०१४ पछि लिग च्याम्पियन बनेको हो ।
आयाक्सले गत महिना मात्रै केएनभीबी कपको उपाधि पनि जितेको थियो । दोस्रो स्थानको पीएसभी इन्डोभेनलाईलाई ३ अंकले पछि पार्दै आयाक्सले उपाधि रक्षा गरेको हो ।
प्रकाशित समय ११:१३ बजे

















