गृहपृष्ठ एनआईसी एशिया बैंकका ग्राहकलाई अल्का अस्पतालमा २० प्रतिशत छुट
एनआईसी एशिया बैंकका ग्राहकलाई अल्का अस्पतालमा २० प्रतिशत छुट
एनआईसी एशिया बैंक र अल्का अस्पताल, काठमाण्डौबीच उपचारमा छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
अब बैंकका ग्राहकलाई अल्का अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधामा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । सम्झौता अनुसार एनआईसी एशिया बैंकका ग्राहकले अल्का अस्पतालको डिस्काउन्ट कार्ड प्रयोग गरी बैंकको डेबिट एवं क्रेडिट कार्डमार्फत उपचार शुल्क भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र अल्का अस्पतालको तर्फबाट अस्पतालका कार्यकारी निर्देशक विद्या श्रेष्ठ थापा र प्रशासन प्रमुख रोजिका प्रधानले संयुक्त रूपमा हस्ताक्षर गरेका थिए ।
प्रकाशित समय ०९:३६ बजे

















