गृहपृष्ठ पर्सामा भाइले दाइमाथि गोली चलाए
पर्सामा भाइले दाइमाथि गोली चलाए
पर्साको जिराभवानी गाउँपालिका–२ बलुवामा भाइले दाइमाथि गोली प्रहार गरेका छन् । घाइते हुनेमा ५५ वर्षीय फारुक सेख रहेको प्रहरीले जनाएको छ ।
उनलाई आफै भाइ सेख सराजुद्दिनले गोली हानेका थिए । उनको पिठ्युँमा गोली लागेको छ । घरायसी विवाद हुँदा दाइमाथि भाइले बिहीबार साँझ ७ बजेतिर गोली गोली प्रहार गरेका थिए । गोली लागेका सेखको अवस्था गम्भीर छ । दाजुलाई गोली हान्ने भाइलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले नियन्त्रणमा लिएको छ । उनको साथबाट नल कटुवाल पेस्तोल एक थान, तीन राउण्ड गोली र एक थान गोलीको खोका बरामद भएको प्रहरीले जनाएको छ ।
घाइते सेखको नेशनल मेडिकल शिक्षण अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ ।
प्रकाशित समय ०७:२० बजे

















