गृहपृष्ठ प्रहरीको गोली लागेर घाइते भएका भारतीय नागरिकको मृत्यु

प्रहरीको गोली लागेर घाइते भएका भारतीय नागरिकको मृत्यु

goli-prahar2-newskarobar

रुपन्देहीको सिद्धार्थनगर १० शंकरपुरमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक भारतीय नागरिकको मृत्यु भएको छ ।

हतियारसहित नेपाल प्रवेश गरेका भारत महाराजगञ्ज फरेण्डाका ५० वर्षीय धिरज धोबीमाथि प्रहरीले गोली चलाएको थियो । गोली उनको पेटमा लागेको थियो । उपचारको क्रममा धोबीको भारतकै महाराजगञ्जमा मृत्यु भएको बताइएको छ । उनको साथबाट एक थान अटोमेटिक पेस्तोल बरामद भएको थियो । सो घटनामा ३ जना प्रहरी पनि घाइते भएका छन् ।

प्रकाशित समय ०८:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु