गृहपृष्ठ निर्माणाधीन कुवामा डुबेर १० वर्षीय बालकको मृत्यु

निर्माणाधीन कुवामा डुबेर १० वर्षीय बालकको मृत्यु

balak-death-newskarobar

सुर्खेतको चौकुने गाउँपालिका-५, तोस्रामा कुवामा डुबेर एक बालकको मृत्यु भएको छ । निर्माणाधीन कुवामा चिप्लेर खसेका १० वर्षीय बालक रमेश बुचामगरको मृत्यु भएको हो ।

मृतक रमेश मामाघर बस्थे । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बाबियाचौरले जनाएको छ । गाउँमा पिउने पानीको जोहो गर्न दुई वर्षअघि गैरसरकारी संस्थाले बनाउन लागेको कुवा रकम अभावका कारण अधुरै छोडेकाले जोखिम बढेको प्रहरीले बताएका छ ।

प्रकाशित समय १८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु