गृहपृष्ठ सप्तरीको बलान बिहुल गाउँपालिका अध्यक्षको घरमा विस्फोट
सप्तरीको बलान बिहुल गाउँपालिका अध्यक्षको घरमा विस्फोट
सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा बम विस्फोट भएको छ ।
गोइतको घरमा शुक्रबार राति कुकर बम विस्फोट भएको हो । विस्फोटमा अध्यक्ष गोइतका काका ७० वर्षीय श्यामानन्द गोइत घाइते भएको प्रहरीले जनाएको छ । राति करिब १२ बजेतिर केही मान्छेहरुको समूहले घरमा बम विस्फोट गराएको अध्यक्ष गोइतले जानकारी दिए ।
यसैबीच, भ्रष्टाचारको बिरोधमा आफूहरुले बम विस्फोट गराएको भन्दै जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी)ले घटनाको जिम्मा लिएको छ ।
प्रकाशित समय १०:१४ बजे

















