गृहपृष्ठ अस्ट्रेलियामाको प्रधानमन्त्रीमा फेरि स्कट मोरिसन
अस्ट्रेलियामाको प्रधानमन्त्रीमा फेरि स्कट मोरिसन
अस्ट्रेलियाको प्रधानमन्त्रीमा दोस्रो कार्यकालका लागि स्कट मोरिसन निर्वाचित हुने निश्चित भएको छ । मत सर्वेक्षणहरुले लिबरल-नेसनल गठबन्धनले बहुमत ल्याउने नतिजा सार्वजनिक गरिरहँदा मोरिसन कन्जरभेटिभ गठबन्धनका तर्फबाट विजयी हुने पक्का भएको हो ।
अस्ट्रेलियामा आम चुनावका लागि शनिबार मतदान भएको हो । १ करोड ६४ लाख मतदाताले भोट हालेका छन् । चुनावको अन्तिम परिणाम आइनसक्दै मोरिसनको जित पक्का भएको छ । बहुमतका लागि ७६ सिट आवश्यक पर्दछ । मोरिसन अझै ७४ सिटमा अगाडि छन् । यसैगरी लेबर पार्टी ६६ सिटमा अगाडि छ ।
अस्ट्रेलियाको लेबर पार्टीका नेता बिल सोर्टनले आफ्नो पार्टीको पराजयलाई स्वीकार गरिसकेका छन् । उनले पार्टीका नेताको रुपमा आफूले पदबाट राजीनामा दिने घोषणा पनि गरेको अन्तरार्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हालसम्म ७० मतगणना सकिएको छ ।
प्रकाशित समय ०६:२५ बजे

















