गृहपृष्ठ एफए कपको फाइनल उपाधि म्यानचेस्टर सिटीलाई

एफए कपको फाइनल उपाधि म्यानचेस्टर सिटीलाई

facup-final-newskarobar

म्यान्चेस्टर सिटीले एफए कपको उपाधि हात पारेको छ । शनिबार राति भएको फाइलन खेलमा वाटफोर्डलाई ६–० ले पराजित गर्दै सिटीले उपाधि उचालेको हो ।

खेलको सुरुदेखि नै सिटीका लागि डेभिड सिल्भा २६औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ३८औं मिनेटमा  ग्राबियल जिससले गोल थपेपछि पहिलो हाफमै सिटी २–० ले अगाडि रह्यो ।

दोस्रो हाफमा पनि सिटीले गोलको वर्षा गर्यो । एकपक्षीयझैं देखिएको खेलमा सिटीले दोस्रो हाफको ६१औं, ६८औं, ८१औं र ८७औं मिनेटमा थप गोल गरेको हो । सिटीले यसै सिजनमा प्रिमियर लिग र काराबाओ लिगको उपाधि पनि हात पारेको थियो ।

प्रकाशित समय ०६:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु