गृहपृष्ठ अछाममा ७ घर जलेर नष्ट
अछाममा ७ घर जलेर नष्ट
सांकेतिक तस्बिर ।
अछामको ढकारी गाउँपालिका–४ मा ७ घर जलेर नष्ट भएका छन् ।
शुक्रबार राति वडाध्यक्ष भक्तबहादुर बुढा सहित ईन्द्र बुढा, मीनबहादुर बुढा, न्यानु बुढा, धर्म बुढा जोगी बुढा, रूजा बुढालगायतका घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
बारीमा झारपात जलाउन बालेको आगो घरमा सल्किएको अनुमान गरिएको छ ।
प्रकाशित समय १२:३४ बजे

















