गृहपृष्ठ स्थापना दिवसमा अस्पताल सरसफाई
स्थापना दिवसमा अस्पताल सरसफाई
बुटवल- नेपाल राष्टिय उद्योग व्यापार संगठनको १२ औं स्थापना दिवसको अवसरमा संगठनको बुटवल शाखाले लुम्विनी अञ्चल अस्पतालमा सरसफाई गरेको छ । अस्पताल परिसर, पीउने पानी राख्ने ट्यांकी र शौचालय सरसफाई गरिएको महासचिव केशव श्रीसले जानकारी दिए ।
संगठनका पदाधिकारी र सदस्यहरुले बिहान ७ बजेदेखि १० बजेसम्म अस्पतालमा सरसफाई गरेका हुन । उनीहरुले अस्पताल परिसरको फोहोर संकलन गर्नुका साथै नाली र चिसो ठाउमा चुना छरेका थिए । त्यस्तै अस्पतालमा सर्बसाधारणले प्रयोग गर्ने शोचालयहरु र गल्लि समेत फिनेल लगाएर सफा गरेको कार्यक्रम संयोजक यमलाल मरासिनीले जानकारी दिए ।
सरसफाईमा बुटवल उपमहानगपालिकाका मेयर शिवराज सुवेदीले साथ दिएका थिए । मेयर सुवेदीले सरसफाईको आफैबाट शुरुवात गर्नु पर्ने बताए । उनले सवै उद्योगी व्यवसायी सबैलाई एकैठाउमा आउदा उनिहरुको हित हुने बताउदै व्यवसायीहरुले आफनो व्यवसाय तथा आसपासको क्षेत्रलाई सफा सुन्दर बनाउन आग्रह गरे ।
सरसफाई पश्चात संगठनले सरसफाईका सामाग्रिहरु अस्पताललाई हस्तान्तरण गरेको छ । स्थापना दिवशकै अवसरमा संगठनले लुम्विनी अञ्चल अस्पताललाई २ वटा ह्वील चियर प्रदान गरेको छ । संगठनका शाखा अध्यक्ष प्रबिण पाठकले अस्पतालका सामाजिक सेवा इकाई प्रमुख दया सागर पन्थिलाई ह्वील चियर हस्तान्तरण गरेका हुन । अध्यक्ष पाठकले स्थापना दिवशको अवसरमा शुभकामना ज्ञापन गर्दे सरसफाईलाई ध्यान पुराउदा वातावरण संरक्षण हुने बताए । संगठनले एक दिन सफा गरेर सधै सफा नहुने बताउदै सरसफाईको सन्देश मात्र दिन खोजेको उनको भनाई छ ।
यसै विच संगठनले विहिवार दिउसो क्लव डेनभोमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । संगठनका अध्यक्ष प्रविण पाठकले व्यवसायीक हक हितको लागि संगठन सधै लागि परेको बताए । उनले स्वाधिन अर्थतन्त्रको लागि उद्यमसिलताको खाचो औल्याउदै हरेक नेपालीमा उद्यमसिल हुनु पर्नेमा जोड दिए ।
प्रकाशित समय ०८:५० बजे

















